
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो ।
नतिजा प्रकाशनको तयारी बारे छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको एक बोर्ड सदस्यले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिएका छन् ।
हाल तथ्यांक इन्ट्रीको काम सकिएर भेरिफाइ भइरहेकाले बोर्डले आज या भोली नतिजा प्रकाशन गर्ने निर्णय लिने उनले बताएका छन् । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।
यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो । यस बर्ष परीक्षामा उतिर्ण प्रतिशत ७० पुर्याउने सरकारको लक्ष्य रहेको छ ।
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार १३:०८
मानव धर्म सेवा समितिद्वारा २२औँ राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

नेपालीलाई भारत उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

सांसदलाई किर्ते गरियो, यो अक्षम्य अपराधको कारवाही इतिहास बन्ने गरी गर्नुपर्छ- चन्द्र भण्डारी
