मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोली दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन कार्य गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको जानकारी दिएको छ ।
सूचनामा भनिएको छ- ‘शुक्रबार र शनिबार त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत रानीभञ्ज्याङ क्षेत्रमा मर्मत सम्भार र ह्युम पाइप बिछ्याउने काम हुने भएकाले दुई दिन दैनिक चार घण्टा राजपथ बन्द गरिनेछ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
