काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सभा अन्तर्गतका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
त्यस्तै आज संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दैछ । बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ।व। २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी बिहान ९ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजेदेखि बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
