काठमाडौं । टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । विहिबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले उनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौँ सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।
बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गर्दै टिकटक बनाएका कारण प्रहरीले साइबर कानुन प्रयोग गर्दै असार १ गते पक्राउ गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
