काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् । अल नासरले रोनाल्डोले ुअल नासर फर एभर अर्थात सधैका लागि अल नासरु एक भिडियो जारी गर्दै रोनाल्डो क्लबमै रहने जानकारी दिएको हो ।
मिडिया रिपोर्टका अनुसार ४० बर्षिय रोनाल्डोले अल नासरमा २०२७ को जुन ३० सम्म सम्झौता गरेका छन् । रिपोर्टका अनुसार अल नासरले रोनाल्डोलाई बार्षिक १८५ मिलियन युरो पारिश्रमिक दिने बताइएको छ ।
रोनाल्डोको साउदी प्रो लिगमा व्यक्तिगत प्रदर्शन राम्रो भएपनि अल नासरलाई ट्रफी भने जिताउन सकेका छैनन् । उनले लगातार दोस्रो सिजन साउदी लिगमा गोल्डेन बुट भने जितेका छन् ।
रोनाल्डोले साउदी लिगमा यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए । २०२३ को जनवरीदेखि अल नासरमा खेल्न थालेका रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
