
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै लागूऔषध नियन्त्रण विभाग गठन गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाण्डौंमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले भने- ‘हामी लागूऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक बर्षमा गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ । गृह मन्त्रालयले लागू औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरु अघि बढाएको छ ।’
लागू औषधसेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको बताए । उनले भने- ‘मुख्य विषय भनेको यसको रोकथामन हो । जनचेतनामहत्वपूर्र्ण विषय हो । लागू औषधको दुरुपयोगले समाजलाई समाजलाईभयावह ढंगले प्रभावित गरेको छ । लागूऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ ।’
लागूऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए । उनले भने- ‘एक लाख ३४ हजारजना लागूऔषध सेवनककर्ता रहेको तथ्याङक छ । समाज नराम्रोसित प्रभावित हुदैछ । मुलुकभरका कारगाराका कैदीबन्दीहरु मध्ये दोस्रो ठुलो संख्यामा लागूऔषध दुव्र्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ । यसबाट पनि यसकोअवस्था प्रष्ट हुन्छ ।’
दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारीतथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो ।
Sudina Shrestha
प्रकाशित: १२ असार २०८२, बिहीबार १२:०५
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
