
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार राति करिब ८ बजे मेजरगंजको भित्री सडकमा लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार कबिलासी नगरपालिका– ८ अगर्वा बस्ने २० वर्षीय सचिन साह (गुप्ता) को मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको राति नै मृत्यु भएको सर्लाही प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । टिपरले युवकलाई ठक्कर दिएपछि स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । परिस्थिती नियन्त्रणमा लिन ५२ जना प्रहरी खटाइएको थियो । आगजनीबाट टिपरको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १२ असार २०८२, बिहीबार ११:४६
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता

डा. मुकुल ढकालको रिट ‘हेर्न नभ्याइने’ मा
