काठमाडौँ । इरानबाट थप तीन नेपालीको उद्धार भएको छ ।
दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट तीन जना नेपाली विहिबार बिहान दिल्ली आइपुगेका हुन् । उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ ।
यसअघि भारत सरकारले इरानबाट दुई पटकमा ६ नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ९ नेपाली फर्किएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
