काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यस अघि नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, खमबहादुर खातीलगायतले बहस गरेका थिए । बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको टिमले बहस गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
