एमालेको सचिवालय बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबेर अघि बैठक शुरु भएको हो ।

बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ ।

pratikshya

प्रकाशित: ११ असार २०८२, बुधबार १५:५४