काठमाडौँ । एक नक्कली परीक्षार्थीलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँस्थित जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जनप्रशासन क्याम्पस आफैंले उजुरी दिएको थियो ।
उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
