काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
