काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका हुन् ।
नेपालका कानुन व्यवसायीले यसअघि नै अदालत उपस्थित हुन पाउँ भन्दै विशेष अदालतमा दर्ता गरिसकेकाले आजै नेपालविरुद्धको मुद्धाको पेसी तोकेर नेपालको बयान लिइने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
