
काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउन नसकेपछि मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको कार्य क्षमतामा प्रश्न उठेको छ ।
देशभरका अधिकांश पालिकाहरुले आज असार १० गते बजेट ल्याउँदा देशको सबैभन्दा ठूलो महानगरले बजेट ल्याउन नसकेकोमा आलोचना भएको छ ।
काठमाडौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका करण आज बजेट आउन नसकेको हो ।
अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ मा असार १० गते भित्र स्थानीय तहले आगामी आर्थिक बर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । ऐनको परिच्छेद ७ मा यस्तो व्यवस्था गरिएको छ ।
यस ऐनले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: ११ असार २०८२, बुधबार १०:२१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
