
काठमाडौँ । इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको दिल्ली आइपुगेका छन् । नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका हुन् ।
दूतावास र भारतीय विदेश मन्त्रालयले उनीहरूलाई विमानस्थलमा ‘रिसिभ’ गरेका थिए । दुवै जना बुटवलका रहेको पनि दूतावासले जानकारी दिएको छ । दूतावासले दुवै जना काठमाडौंका लागि उडिसकेको जनाएको छ ।
इरानबाट ११ जना नेपालीले नेपाल फर्किन अनुरोध गरेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो । नेपाल आउन चाहेका सबैजना आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् ।
भारतले आफुले आफ्ना नागरिकको उद्धारका लागि चलाएको अप्रेशन सिन्धु अन्तर्गत नेपाल र श्रीलंकाका नागरिकको पनि उद्धार गर्ने यस अघि जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयले इरानको मसदबाट विशेष विमानमार्फत २८१ भारतीयसहित श्रींलकाका ३ र नेपालका २ जनाको उद्धार गरिएको जानकारी दिएको छ
Sudina Shrestha
प्रकाशित: ११ असार २०८२, बुधबार ०८:०८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
