काठमाडौँ । इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको दिल्ली आइपुगेका छन् । नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका हुन् ।
दूतावास र भारतीय विदेश मन्त्रालयले उनीहरूलाई विमानस्थलमा ‘रिसिभ’ गरेका थिए । दुवै जना बुटवलका रहेको पनि दूतावासले जानकारी दिएको छ । दूतावासले दुवै जना काठमाडौंका लागि उडिसकेको जनाएको छ ।
इरानबाट ११ जना नेपालीले नेपाल फर्किन अनुरोध गरेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो । नेपाल आउन चाहेका सबैजना आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् ।
भारतले आफुले आफ्ना नागरिकको उद्धारका लागि चलाएको अप्रेशन सिन्धु अन्तर्गत नेपाल र श्रीलंकाका नागरिकको पनि उद्धार गर्ने यस अघि जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयले इरानको मसदबाट विशेष विमानमार्फत २८१ भारतीयसहित श्रींलकाका ३ र नेपालका २ जनाको उद्धार गरिएको जानकारी दिएको छ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
