काठमाडौँ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८२ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ ।
बजेट पारित हुनुअघि संसदमा मन्त्रालयगत छलफल चलेको थियो भने छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
अर्थमन्त्री पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत गरेका थिए । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्चतर्फ ३ खर्ब ७५ अर्ब विनियजन गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
