काठमाडौं । सोमबार राति रद्द भएको कतारको दोहा उडान आज मध्याह्न १२ बजे हुने भएको छ ।
सोमबार राति ११ बजे दोहा उड्न तालिका रहेको नेपाल एयरलाइन्सको विमान इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण गरेपछि रद्द गरिएको थियो ।
हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको एयरलाइन्सले जनाएको छ । सोमबार राति अकस्मात उडान रद्द गरिएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु विमानस्थलमै अलपत्र परेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
