
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
बर्षादको यस समयमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज कोशी प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज मधेश प्रदेशमा तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज बागमती प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज लुम्बिनी प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंंशिक बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज कर्णाली प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंंशिक बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १० असार २०८२, मंगलवार ०९:०६
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
