काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बोलाइएको केन्द्रीय समितिको बैठक विशेष कारणले असार १६ गते अपराहन्न १ बजेका लागि सारिएको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिएका छन् ।

pratikshya

प्रकाशित: ९ असार २०८२, सोमबार १५:१६