काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानमा रहेका ८८५ जनाले अहिलेसम्म विवरण भएको जानकारी दिएकी छन् ।
प्रतिनिधि सभामा मन्त्रालयको बिनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राणाले अहिलेसम्म इजरायल र इरानमा रहेका ८८५ जनाले आफ्नो विवरण भरेको जानकारी दिएकी छन् ।
सरकारले इजरायल र इरानमा भएका घटनाको सम्भावित प्रभावलाई गम्भीरतापुर्वक लएर काम गरिरहेको मन्त्री राणाले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्चतम सतर्कता अपनाउन आग्रह गररहेको बताएकी छन ।
मन्त्री राणाले नेपाली नागरिकको विवरण लिन शुरु गरको र अब केहि दिनमा श्रम सञ्चार एप सार्बजनिक गर्ने र त्यसमा कानुनी र गैरकानुनी तरिकाले विश्वका विभिन्न देशमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने अभियान चलाउने जानकारी दिएकी छन् ।
मन्त्री राणाले १६ जना नेपाली इरानमा रहेको बताउदै ११ जना मसाद भन्ने स्थानमा रहेको र उनीहरु भोलीसम्म भारतको दिल्लीमा आइपुग्ने जानकारी दिएकी छन् । त्यस्तै इरानको जेलमा हाल पाँच जना गैरकानुनी रुपमा इरान पुगेका नेपाली नागरिक रहेको र उनीहरुलाई यसै समयमा उद्धार गर्ने प्रयास भइरहेको बताएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
