
नवलपरासी । नवलपरासी (पूर्व) को दुम्कीबासस्थित बिनयी खोलाको डाइभर्सन बगाएपछि बनाएको वैकल्पिक सडकपनि अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी (पुर्व) ले पूर्व- पश्चिम राजमार्गको विनयी खोलाको ड्राईभर्सन क्षतिको पछि खोलिएको भित्री सडकखण्ड होंसीगेट, सर्दी, ज्यामिरे हुदै संचालन भएको बैकल्पिक मार्ग समेत निरन्तर बर्षादको कारण बिभिन्न स्थानमा क्षति भई हलुका सवारी समेत संचालन गर्न नसकिएको हुँदा पूर्ण रुपमा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीले उक्त सडकखण्ड पनि प्रयोग नगर्न अनुरोध गरेको छ ।
साथै नवलपुर जिल्ला भित्रका मुख्य राजमार्ग तथा निम्न ग्रामिण सडक खण्डहरू समेत बर्षादको कारण तत्काललाई अवरोध भएकोले उक्त मार्ग हुदै यात्रा गर्दा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:४४
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
