काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई नयाँ सुरक्षा सतर्कता जारी गर्दै विदेशमा बस्ने वा यात्राको क्रममा थप सतर्क रहन आग्रह गरेको छ ।
नयाँ सुरक्षा सतर्कतामा भनिएको छ, ‘इजरायल र इरानबीचको जारी द्वन्द्वले मध्य पूर्वमा यात्रा अवरोध र केही क्षेत्रहरूमा हवाई क्षेत्र बन्द गरेको छ । साथै, विश्वका धेरै भागहरूमा अमेरिकी नागरिकहरू र उनीहरूको हित विरुद्ध विरोध प्रदर्शन हुने सम्भावना छ । यस कारणले गर्दा, अमेरिकी विदेश मन्त्रालयले विश्वभरका सबै अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’
अमेरिकाले आइतबार बिहान इरानका तीन आणविक स्थलहरू, फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेपछि इरान र इजरायल युद्ध नयाँ मोडमा पुगेको छ ।
अमेरिकाको यो आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाउदै अमेरिकालाई जवाफ दिने बताएका छन् ।
यसबाहेक, मुस्लिम र अरब देशहरूले पनि इरानमाथिको यो अमेरिकी आक्रमणको आलोचना गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
