काठमाडौँ । गायक दुर्गेश थापा आफ्नो गीत ‘दुश्मन हेरेको हेरै’ का कारण अहिले फेरी चर्चामा रहेका छन् । उनको यो गीत रिलिज भएको पाँच पहिनामा १० करोड पटक हेरिएपछि उनलाई बधाईको ओइरो आएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले बधाई दिएपछि दुर्गेशले सामाजिक सञ्जालमा लेख्दै नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई केपी बा भन्ने सम्बोधन गर्दै दुर्गेशले प्रधानमन्त्रीको बधाईले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको समेत उल्लेख गरेका छन् ।
दुर्गेशले प्रधानमन्त्रीको शब्द केवल एउटा बधाई मात्र नभएर नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन भएको समेत टिप्पणी गरेका छन् ।
उनले भनेका छन्-
नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। ‘दुश्मन हेरेको हेर्यै’ गीतमा १० करोड भ्युजको सफलता प्रति सार्वजनिक रूपबाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ ।
देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो । उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो।
म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो सबै मेरो भगवान रूपि दर्शकहरूको मायाले सम्भव भएको हो । धन्यवाद, मेरा दर्शक–श्रोताहरू, धन्यवाद प्रधानमन्त्रीज्यु, केपि बा 🙏’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
