
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले बजेट संशोधन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै बजेट आफ्नो क्षेत्रमा मात्र विनियोजन गरेको भन्दै बजेट संशोधन गर्न माग गरेका हुन् ।
उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट छुट्याइएको भन्दै सांसद शर्माले सत्तामा बसेर निर्ममतापुर्वक आ-आफ्नो तिर हालेको भन्दै जननिर्वाचित सांसदलाई विवस बनाएको आरोप लगाए ।
जनताले तिरेको कर अघोषित रुपमा लुटेको आरोप लगाउदै भने- ‘जनताले गाउँ गाउँबाट पाई पाई गरेर पठाएको कर तपाइको भकारीमा आएपछि अघोषित रुपमा लुट्नु भएको छ । यसरी लुट्न पाइदैन । यो अघोषित कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो ।’
सांसद शर्माले टेक एण्ड पे कार्यक्रम स्वदेशी लगानीकर्तालाई नेपालको विद्युतमा लगानी गर्न नदिन ल्याएको भन्दै विदेशी कम्पनिलाई प्रोत्साहित गर्न ल्याइएको आरोप लगाए । उनले बजारमा टेक एण्ड पे भनेर व्यापारीसँग पैसा उठाएर परिवर्तन गर्ने हल्ला चलिरहेको बताउदै त्यसो गरेमा संसदमै विरोधमा उत्रिने चेतावनी दिए ।
pratikshya
प्रकाशित: ८ असार २०८२, आईतवार १५:४१
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता

अमेरिकाले बन्द गर्यो युक्रेनलाई दिने सैन्य हतियारको आपूर्ति
