
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई प्रहरीले अदालतमा पेश गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काले रोकाविरुद्ध मुद्दा दर्ता भइसकेकाले सरकारी वकिलमार्फत अदालत लगिएको बताए ।
गत शुक्रवार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । इन्टरपोलको डिफ्यूजन नोटिस जारी भएकी रोका सुन तस्करीमा संलग्न बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । ठमेलको होटेल भियना उनकै नाममा छ ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन विमानस्थलबाट ६१ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका लागि विभागले सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो । माओवादी नेतृसमेत रहेकी रोकासँगै तीन चिनियाँ नागरिक र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका छन् । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले पुनको बयान लिएको थियो ।
pratikshya
प्रकाशित: ८ असार २०८२, आईतवार १४:५४
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता

अमेरिकाले बन्द गर्यो युक्रेनलाई दिने सैन्य हतियारको आपूर्ति
