काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई प्रहरीले अदालतमा पेश गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काले रोकाविरुद्ध मुद्दा दर्ता भइसकेकाले सरकारी वकिलमार्फत अदालत लगिएको बताए ।
गत शुक्रवार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । इन्टरपोलको डिफ्यूजन नोटिस जारी भएकी रोका सुन तस्करीमा संलग्न बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । ठमेलको होटेल भियना उनकै नाममा छ ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन विमानस्थलबाट ६१ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका लागि विभागले सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो । माओवादी नेतृसमेत रहेकी रोकासँगै तीन चिनियाँ नागरिक र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका छन् । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले पुनको बयान लिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
