काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ ।
खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकमााथि छलफलका क्रममा बोल्दै सांसद सिंहले बढी बजेट पाँच वटा जिल्लामा मात्रै दिइएकाले ती बाहेकका ७२ जिल्ला अरु देशलाई भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
सांसद सिंहको अभिव्यक्तिमा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदीय भाषाको प्रयोग गर्न भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।
सांसद सिंहको उकत अभिव्यक्ति संसदको रेकर्डबाट हटाईसकिएकोा संसद सचिवालयले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
