
काठमाडौँ । इजरायली सेनाले इरानका धेरै ‘सैन्य अड्डाहरू’ मा आक्रमण गर्न थालेको बताएको छ । इजरायली सेनाले पश्चिमी इरानका सैन्य अड्डाहरुमा आक्रमण गरेको जानकारी दिएको हो ।
इजरायली सेनाले भनेको छ- इजरायली सेनाले पश्चिमी इरानका धेरै सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ । आज बिहान, सेनाले इरानी सैनिकहरूलाई पनि आक्रमण गरेको छ जुन इजरायलमा आक्रमण गर्न तयार थिए । केही समय अघि इजरायलतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पनि तुरुन्तै निष्क्रिय पारिएको छ ।’
अर्कोतर्फ, इरानको सरकारी मिडियाले इरानले बेन गुरियन विमानस्थल सहित इजरायलका धेरै क्षेत्रहरूलाई लक्षित गरेको बताएको छ । यस बाहेक, आक्रमण गरिएका अन्य ठाउँहरूमा इजरायली सेनालाई मद्दत गर्ने केन्द्रहरू, सेनाको कमाण्ड र नियन्त्रण कार्यालय र जैविक अनुसन्धान केन्द्र रहेको उल्लेख छ ।
साथै इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले इजरायलमा यो आक्रमण लामो दूरीको क्षेप्यास्त्रहरूले गरिएको जनाएको छ ।
आइतबार बिहान अमेरिकाले इरानको फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा आक्रमण गरेपछि इरान र इजरायलबीच दोहोरो आक्रमण भएको हो
pratikshya
प्रकाशित: ८ असार २०८२, आईतवार १३:३७
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
