
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
उनले अमेरिकाले गरेको आक्रमणले दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्दै इरानसँग आफ्नो सार्वभौमसत्ता, आफ्नो हित र आफ्ना नागरिकहरूको रक्षा गर्ने सबै विकल्पहरू रहेको बताएका छन् । उनले भनेका छन्- ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य अमेरिकाले इरानको शान्तिपूर्ण आणविक प्रतिष्ठानहरूमा आक्रमण गरेर संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून र एनपीटीको गम्भीर उल्लङ्घन गरेको छ । आज बिहानका घटनाहरू क्रूर छन् र यसको दीर्घकालीन प्रभाव पर्नेछ । संयुक्त राष्ट्रसंघका प्रत्येक सदस्यले यो अत्यन्तै खतरनाक, अराजक र आपराधिक व्यवहारको बारेमा चिन्तित हुनुपर्छ ।’
यसका साथै, इरानी विदेशमन्त्री अराघचीले भनेका छन्- ‘संयुक्त राष्ट्रसंघको बडापत्र र आत्मरक्षाको लागि यसमा दिइएको वैध प्रतिक्रिया अन्तर्गत, इरानसँग आफ्नो सार्वभौमसत्ता, आफ्नो हित र आफ्ना नागरिकहरूको रक्षा गर्ने सबै विकल्पहरू छन् ।’
अमेरिकाले आइतबार बिहान फोर्डो, नातान्ज र इस्फहानमा इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । इजरायलले इरानमाथिका यी अमेरिकी आक्रमणहरूमा आफ्नो सहयोग पुष्टि गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार ११:३६
अमेरिका भ्रमणमा जादै नेतान्याहू

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

डा. मुकुल ढकालको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा हुदै

मस्कको चेतावनी- ‘बिग ब्युटिफुल बिल’ को समर्थन गर्ने सांसदलाई आउने चुनावमा हराइदिन्छु
