
काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ९:५० बजे सम्मको अपडेट अनुसार प्रमुख सडकको अवस्था यस्तो रहेको छ ।
– संखुवासभा भोटखोला-४ बरुणखोला स्थित कोशी राजमार्ग अव्रिध रहेको छ । संखुवासभा भोटखोला-४ बरुणखोलास्थित कोशी राजमार्गमा असर ६ गते आएको पहिरोले सडक अझै पूर्णरुपमा अवरुद्ध रहेको छ ।
– विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने सडक रातिको समयमा १५ (प्रन्ध) दिन बन्द गरिएको छ । हाल देशमा मनसुन सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागी असर ६ देखि २० गतेसम्म बेलुका १८:३० देखि विहान ५ बजेसम्म विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने आउने दुबै तर्फका सार्वजानिक-निजि सवारी साधन लाई आवागमनमा रोक लगाई उक्त राजमार्ग पूर्णरुपमा बन्द रहने छ ।
– सिन्धुपाल्चोक भोटेकोशी-३ लार्चास्थित अरनिको राजमार्ग सुचारू भएको छ । असार ३ गते ०६: ३० बजे सिन्धुपाल्चोकको भोटेकोशी- ३ लार्चा स्थित अरनिको राजमार्ग लार्चा (लार्चा देखी ईकु खोलाको पुलमा रहेको ह्युम पाइप बगाएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्द भएकोमा असार ६ गते १६: ४५ बजेबाट निर्माणाधीन बेलिब्रिजबाट साना हलुका ४ पांग्रे सवारी साधन आवतजावत गर्ने गरी सुचारु भएको छ भने ठुला सवारी साधन आवतजावत नभएको (भारबहन क्षमता चेक जाच भएपछि मात्र सुचारु हुने ) ।
– नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा. मा पूर्व-पश्चिम राजमार्ग बन्द रहेको छ । असार ६ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णायानुसार निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाईएको छ । साथै सो सडक खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको छ । सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
– दोलखा तामाकोशी-५ खिम्तीस्थित चरिकोट-मन्थिल मुख्य सडक सुचारू भएको छ । असार ८ गते बिहान ६:३० बजे चरिकोट – मन्थिल मुख्य सडक खण्डमा राती परेको अबिरल बर्षातको कारण सडक माथिबाट पहिरो खसी बाटो पुर्ण रुपमा अबरुद्ध भएकोमा बिहान ९: ३० बजे पूर्ण रुपमा सुचारू भएको छ ।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार १०:४६
अमेरिका भ्रमणमा जादै नेतान्याहू

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

डा. मुकुल ढकालको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा हुदै

मस्कको चेतावनी- ‘बिग ब्युटिफुल बिल’ को समर्थन गर्ने सांसदलाई आउने चुनावमा हराइदिन्छु
