
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान दुई पक्षबीच भएको झडप भएको छ
बाटो विस्तारको क्रममा भएको झडपमा एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित १० जना घाइते भएका छन् । घटनापछि प्रहरीले बरहथवा–४ का पूर्व वडाध्यक्ष लखेन्द्र महतोसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो जग्गा मिचिएको भन्दै केही दिनदेखि हुदै आएको विवाद बढ्दै जादा तनाव भएको थियो।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार १०:०३
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
