काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाईसम्मान गरिएको थियो ।
प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिए ।
उनले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्कार प्रदान गर्दै आएको स्मरण गराए । उनले भने- ‘दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्काे देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ ।युद्धको बिभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
