काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार गरिएको छ ।
दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभन दिएर नेपालबाट लगिएका ३५ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएको छ ।

दुताबासले ३५ जनाको उद्धार गरिएको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ ।
उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिहरुलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।
दुताबासले उद्धार गरिएका व्यक्तिहरुलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
