कठमाडौ, असार ७ गते । एपेक नेपालद्वारा आज काठमाडौं मा आयोजित एक समारोहका बिच कवि, गीतकार तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको दोस्रो कविता संग्रह ‘युद्ध, युद्ध नै हुन्छ ‘ को प्रमुख अतिथी माननीय मन्त्री, माननीय र वरिष्ठ कवि, कलाकारहरु र धर्मपत्नी बिनिता अधिकारीको सयुक्त रुपमा लोकार्पण गैरिघारा, काठमाडौ स्थित एलिस रिसेप्सन को सभाकक्षमा सम्पन्न भएको थियो ।




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रममा कवि युबराज अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा बोल्नु हुदै लोकार्पित सङ्ग्रहबाट दुइ कविताहरु पनि वाचन गर्नु भएको थियो।











सो कार्यक्रममा प्रमुख अतिथी माननीय मन्त्री, विशिष्ठ अतिथि बरिष्ठ कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय क्यापटेन बिजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि युबराज अधिकारीका बारेमा बोल्नु हुदै उहाका केहि कविताहरु पनि प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा रङ्गकर्मी बीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकार हरुद्वारा लोकार्पित सङ्रह भित्रको आमा शीर्षक को कविता मन्चन समेत गरिएको थियो।
सयैभन्दा बढी अतिथीहरु सहभागी भएको सो कार्यक्रममा माननीय महेस बस्नेत, अमरेश कुमार सिंह, सर्मिला बजगाइ र मिना श्रेष्ठ र सचिब तथा नेपाल वायुसेवा निगमका निर्देशकहरु र कर्मचारीहरु सहित सहित्यकार,पत्रकार एवम कलाकारहरुका साथ साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम वरिष्ठ कलाकार दिनेश डिसीले सन्चालन गर्नु भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
