काठमाडौं । दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा टापुमा फसेकी १३ वर्षीया बालिका रेजिना खड्काको सुरक्षाकर्मीले उद्धार गरेका छन् । राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोक निवासी रेजिना आफ्ना भाइ शिशिर खड्कासँग दाउरा सङ्कलन गर्न राप्ती नदी पुगेकी थिइन् ।
दाउरा सङ्कलन गर्ने क्रममा नदीमा अचानक बाढी आएपछि उनी टापुमा फसेकी थिइन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय भालुवाङ र ज्वाला माई गण भालुवाङको टोलीले रेस्क्यु बोटको सहायताले शुक्रवार बिहान उनको उद्धार गरेको हो ।
प्रहरी निरीक्षक पुष्करसिंह ऐरीका अनुसार बिहान ८ बजे नदी पुगेकी रेजिना १० बजे बाढी आएर टापुमा फसेकी थिइन् । सुरक्षाकर्मीले पौने ११ बजे उनलाई सकुशल उद्धार गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
