डोटीमा जिप दुर्घटनामा, घटनास्थलमै दुई जनाको मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने  ६ जना घाइते भएका छन् । शुक्रवार दिउँसो साढे १ बजेतिर दिपायलबाट आदर्श गाउँपालिका ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जिप आदर्श गाउँपालिका- १ दोबाजमा दुर्घटनामा परेको हो । 

जिप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भइरहेको छ । दुर्घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

pratikshya

प्रकाशित: ६ असार २०८२, शुक्रबार १६:२७