एएफसी महिला एसियाली कप छनौट खेल्ने महिला टिमको घोषणा

काठमाडौँ  । अखिल नेपाल फुटबल सघ (एन्फा) ले  एएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ  । 


राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले २१ सदस्यीय टिमको घोषणा गरेका हुन्  ।  

नेपाली टिममा

गोलकिपर:

अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।

डिफेन्डर: 

गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।

मिडफिल्डर: 

विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।

फरवार्ड:

सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।

उज्बेकिस्तानमा जुन २९ देखि शुरु हुने छनौट प्रतियोगितामा नेपाल समुह एचमा रहेको छ । नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

Sudina Shrestha

प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:५८