काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ । त्यस्तै सिरिजका सबै चार खेल खेलेको नेदरल्याण्डसले २ जित र दुई हार बेहोरेको छ ।
नेपालले एक खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्डसलाई एक एक खेलमा पराजित गरेको थियो । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल २ टी-२० खेलिएको छ जसमा एक नेपालले र एक स्कटल्याण्डले जितेको छ ।
आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
