राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

विहान ९ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ  ।

त्यस्तै विहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेटमा  सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

Sudina Shrestha

प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:४१