
बेइजिङ (एजेन्सी) । चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।
इजराइलले गाजामा हमास लडाकूहरूमाथि जमिन आक्रमण गर्ने तयारी गरेको देखिएका बेला विदेशमन्त्री वाङले शनिबार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेको हो ।
‘इजराइलको कदम आत्मरक्षाका दायराभन्दाा बाहिर गएका छन्’, वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, ‘इजराइलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ ।’ वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।
उत्तरी गाजामा रहेको १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय सङ्कट निम्तिनने भन्दै सहायताकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ आश्विन २०८०, आईतवार १३:३८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
