काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुने कार्यतालिका रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै आज बजेटमाथिको मन्त्रालयगत छलफलमा पर्यटन, खेलकुद, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, उद्योग तथा भुमि व्यवस्था मन्त्रालयको छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज विभिन्न सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
