काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ ।
नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १०:२० बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा रहेका छन् ।
हाल सिन्धुपाल्चोकको भोटेकोशीस्थित लार्चामा पहिरो जादा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को विनयी खोलाको डाइभर्सन बाढीले बगाउदा सडक दुई तर्फी अवरुद्ध भएको छ । त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को बुलिनटार-१ बतासे डाँडामा पहिरोले कालिगण्डकी कोरिडोर पूर्ण रुपमा अवरुद्ध रहेको छ ।
त्यस्तै पहिरोले दाङको तुलसीपुरस्थित दाङ सल्यान सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ भने सल्यानको कपुरबोट-३ स्थित राप्ति राजमार्ग पनि पूर्ण रुपमा अवरुद्द रहेको छ ।
त्यसैगरी त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर एकतर्फी संचालनमा आएको छ भने जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् । त्यस्तै गुल्मीको कालिगण्डकी कोरिडोर, म्याग्दीको बेनी-जोमसोम सडक, मकवानपुरको त्रिभुवन राजपथ र धनकुटाको रवि राके भेडेटार सडक एकतर्फी संचालन रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
