प्रधानमन्त्री ओलीले ग्वार्कोस्थित फ्लाईओभरको आज उद्घाटन गर्ने

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको उद्घाटन आज हुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलेआज अपराहन्न ४ बजे सो सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन हुने भएका छन् । गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसहित सडक विभागका अधिकारीहरुले फ्लाईओभरको अनुगमन गरेका थिए । 

यो फ्लाईओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाईओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो  ।

Sudina Shrestha

प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:०९