काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बजेटको आलोचना गर्दै ठूला कुर्सीलाई मात्र बजेटमा महत्व दिइएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शर्माले बजेट ठुला कुर्सीमा मात्र केन्द्रित भएको भन्दै मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याइएको आरोप लगाएका छन् ।
उनले भने, ‘यो बजेटले देशको यथार्थतालाई सम्बोधन गरेको छैन । यो बजेटले ठूला कु्र्सीमात्रै देख्यो । ठूला कुर्सी देख्यो, ठूला कुर्सीलाई मात्रै बजेट हाल्यो । अन्त त यसो चारो छरेको त हो । मुख्य बजेट ठूला कुर्सीहरुमा केन्द्रीत भएको छ ।’
साथै, नेता शर्माले सरकारले गणेशमान सिंहको अपमान गर्ने गरि बजेटको दुरुपयोग गरिएको आरोप समेत लगाए ।
उनले औद्योगिकरण गरेर प्रतिष्पर्धात्मक क्षेत्रमा लगानी गरेर लाभ लिनुपर्नेमा त्यसो गर्न नसकेको, स्वास्थ्य वीमा राम्रो सँग कार्यान्वयन हुन नसकेको, गरिबले उपचार गर्ने अवस्था नभएको, रोजगारको समस्या विकराल हुदै गएको भन्दै यी क्षेत्रमा बजेटले सरोकार नगरेको टिप्पणी गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
