काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले एसीसी यू(१६ इस्ट जोन प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू(१६ टिमको घोषणा गरेको हो ।
नेपाली टिममा विपिन प्रसाद शर्मा ९कप्तान०, सुर्यान्शु कोइराला ९उपकप्तान०, शिवांश बजगाई ९विकेट किपर०, परिमार्जन यादव ९विकेटकिपर०, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।
२२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू -१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ ।
नेपालले महिलो खेल २२ जुनमा सिंगापुरविरुद्ध खेल्दैछ भने दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू(१६ टिम खेल्दैछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
