
काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सन अफ सरदार २ ‘ को पोस्टर रिलिज भएको छ । पोस्टरमा अजय देवगन पगडी लगाएको सरदारको लुकमा देखिएका छन् । उनी दुई ट्याङ्करमा उभिएका छन् । पोष्टर सार्बजनिकसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म २०१२ मा रिलिज भएको फिल्म ‘सन अफ सरदार’ को सिक्वेल हो ।
‘सन अफ सरदार २’ को नयाँ पोस्टरमा अजय देवगन पहेँलो पगडी लगाएर एक्सनमा उभिएको देख्न सकिन्छ । उनले पाइन्ट, टी – शर्ट, सदरी लगाएका छन्। उनले माथि कालो ज्याकेट लगाएका छन्। अजय देवगन दुई ट्याङ्करमा उभिएका छन् । पोस्टरमा ‘सन अफ सरदार २ु लेखिएको छ। यसको ट्याग लाइन ‘द रिटर्न अफ सरदार’ हो ।
‘सन अफ सरदार २ ‘ मा अजय देवगन बाहेक मृणाल ठाकुर र संजय दत्त महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्ममा अजय देवगन फेरि एक पटक जस्सीको भूमिकामा देखिनेछन् । फिल्मलाई विजय कुमार अरोराले निर्देशन गरेका छन् । फिल्मलाई अजय देवगनले निर्माण गर्दैछन् । नयाँ पोस्टर अनुसार ‘सन अफ सरदार २ ‘जुलाई २५ मा रिलिज हुनेछ ।
‘सन अफ सरदारु’ फिल्म २०१२ मा रिलिज भएको थियो । अजय देवगन बाहेक यस फिल्ममा सोनाक्षी सिन्हा र संजय दत्त पनि थिए । फिल्ममा अजय देवगन सोनाक्षीसँग प्रेममा परेको देखाइएको थियो तर सोनाक्षीका भाइ संजय दत्त यो सम्बन्धको विरुद्धमा थिए । फिल्म यसैको वरिपरि घुम्छ । फिल्मको बजेट ३० करोड रुपैयाँ थियो। फिल्मले बक्स अफिसमा १६१।४८ करोड कमाएको थियो ।
pratikshya
प्रकाशित: ५ असार २०८२, बिहीबार १४:३१
कुलिङ पिरियडमा गरिएको झेल बारे छानिबन गर्नुपर्छ- सभापति खतिवडा

अमेरिका भ्रमणमा जादै नेतान्याहू

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

डा. मुकुल ढकालको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा हुदै
