इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण

काठमाडौँ । इरानको क्षेप्यास्त्र आक्रमणमा इजरायली अस्पतालमा क्षति पुगेको छ र धेरै जना घाइते भएका छन् । इजरायलले इरानलाई आफ्नो क्षेप्यास्त्र आक्रमणमा सिधै अस्पताललाई लक्षित गरेको आरोप लगाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक संजालमा लेखेका छन्- ‘आज बिहान, इरानका आतंकवादी तानाशाहहरूले बेरशेबाको सोरोका अस्पताल र नागरिक जनसंख्यामा क्षेप्यास्त्र प्रहार गरेका छन् । इरानका तानाशाहहरूले यसको पूर्ण मूल्य चुकाउनेछन् ।’

इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको हालैको आक्रमणपछि कम्तिमा ६५ जना घाइते भएका छन्, जसको उपचार भइरहेको बताएका छन् ।

इजरायली सैन्य अधिकारीले हालैको आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

इजरायलले इरानलाई दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई लक्षित गरेको आरोप लगाएको छ ।

Sudina Shrestha

प्रकाशित: ५ असार २०८२, बिहीबार १३:११