काठमाडौँ । इजरायलमा फसेका विराटनगर महानगरका प्रमुख नागेश कोइराला भारतको मुम्बई आइपुगेका छन् ।
कोइराला स्थलमार्ग हुँदै जोर्डन पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै कुवेतबाट भारतको मुम्बई आइपुगेको उनको सचिवालयले जानकारी दिएको छ । उनी आजै नयाँदिल्ली हुँदै बेलुका साढे ४ बजे काठमाडौं विमानस्थलमा उत्रिएर आजै साँझ विराटनगर फर्किने बताइएको छ ।
कोइराला इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि गत जेठ २६ गते इजरायल गएका थिए । इजरायल पुगेको केही दिनदेखि सुरु भएको इजरायल–इरान युद्धका कारण कार्यक्रम स्थगित भयो भने सबै विमानस्थल बन्द हुदा उनी इजरायलमै फसेका थिए । EWS
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
