प्रतिबन्धित जडिबुटीसहित बुटवलबाट एक जना पक्राउ

बुटवल । ईलाका प्रहरी कार्यालय, बुटवल रुपन्देहीले प्रतिबन्धित जडिबुटीहरु तथा गिद्ध सिङेसहित एक जना व्यक्तलाई पक्राउ गरेको छ ।

बुटवल उप-महानगर-२ आँखा अस्पताल भिमसेन टोलस्थित अहमद्दीन अलीको घर भाडामा लिई बस्दै आएका जुम्लाका सुक बहादुर वुढालाई प्रतिबन्धित जडिबुटीहरु गोदाम गरी राखेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । 

बुढासँग सेतो बोरामा र सेतो प्लाष्टिकको बाल्टीमा राखेको पाँच औले जस्तो देखिने २८ लाख १७ हजार ५०० बराबरको १६ के.जी. १०० ग्राम जडिबुटी र सेतो बोरामा राखिएको कुट्की जस्तो देखिने पदार्थ ९ केजी ६०० ग्राम, सेतो प्लाष्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद गरिएको छ ।

प्रहरीले वुढालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि सैनामैना सव- डिभिजन बन कार्यालय रुपन्देहीमा बुझाइएको जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: ५ असार २०८२, बिहीबार १२:०२