बुटवल । ईलाका प्रहरी कार्यालय, बुटवल रुपन्देहीले प्रतिबन्धित जडिबुटीहरु तथा गिद्ध सिङेसहित एक जना व्यक्तलाई पक्राउ गरेको छ ।
बुटवल उप-महानगर-२ आँखा अस्पताल भिमसेन टोलस्थित अहमद्दीन अलीको घर भाडामा लिई बस्दै आएका जुम्लाका सुक बहादुर वुढालाई प्रतिबन्धित जडिबुटीहरु गोदाम गरी राखेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
बुढासँग सेतो बोरामा र सेतो प्लाष्टिकको बाल्टीमा राखेको पाँच औले जस्तो देखिने २८ लाख १७ हजार ५०० बराबरको १६ के.जी. १०० ग्राम जडिबुटी र सेतो बोरामा राखिएको कुट्की जस्तो देखिने पदार्थ ९ केजी ६०० ग्राम, सेतो प्लाष्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद गरिएको छ ।
प्रहरीले वुढालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि सैनामैना सव- डिभिजन बन कार्यालय रुपन्देहीमा बुझाइएको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
