
काठमाडौँ । नेपाल राष्ट्रबैंकले सुदूरपश्चि प्रदेशको अर्धवार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरुको स्थलगत तथा गैरस्थलगतरुपमा अध्ययन गरी आर्थिक वर्ष २०८१/८२ को अर्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।
चालु आ.व.२०८१/८२ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ भने आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ ।
समीक्षा अवधिमा सुदूरपश्चिममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू- क्षेत्र २.८५ प्रतिशतले ह्रास आएको छ भने यस्ता बालीको उत्पादन २.२६ प्रतिशतले बढेको छ ।
त्यस्तै प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन र धानको उत्पादन क्रमश १७.०१ प्रतिशत र ५.०९ प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ तरकारी उत्पादन ९.५७ प्रतिशतले वृद्धि भएको छ भने अन्य फलफूलको उत्पादन २३.१६ प्रतिशतले बढेको देखिएको छ ।
त्यसैगरी पशुजन्य उत्पादन अन्तर्गत दूध १०.७३ प्रतिशत मासु ६.३० प्रतिशत र अण्डा ३.०६ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले प्रदेशमा काठ, दाउरा र औषधीजन्य उत्पादन क्रमश: ११.५४ प्रतिशत, ३३.७५ प्रतिशत र १७.७७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा कुल सिंचित क्षेत्रफल २.४९ प्रतिशतले वृद्धि भएको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.६८ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ भने आ.व.२०८०/८१ को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ०.९७ प्रतिशतले ह्रास भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३५.७९ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा ईट्टाको उत्पादन वृद्धि भएको छ भने अन्य वस्तुहरुको उत्पादनमा ह्रास आएको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १६.४८ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा १.३२ प्रतिशतले घट्न गई रु. २५ अर्ब २६ करोड ४५ लाख पुगेको छ ।
त्यसैगरी पर्यटकस्तरीय १० नमुना होटलहरुको तथ्याङ्ग अनुसार पर्यटकको आवागमनमा १८.५५ प्रतिशतले गिरावट आएको देखिएको छ ।
त्यस्तै घरजग्गा रजिष्ट्रेशन संख्या ५.३१ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व २६.५७ प्रतिशतले बढेको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८१ / ८२ को पुस मसान्तसम्मको निक्षेप २०८१ असार मसान्तको तुलनामा ३.१३ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह ० २७ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ७२.८४ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन् ।
त्यसैगरी यस प्रदेशमा कुल ११ हजार ३ सय ९८ यातायातका साधन दर्ता भएका छन् ।
नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसतभन्दा न्यून ८६.६० प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । सोही अवधिसम्म कुल राष्ट्रिय विद्युत उत्पादनमा यस प्रदेशको योगदान १६७ मेगावाट मात्र रहेको छ ।
त्यस्तै रानी जमरा कुलरिया सिंचाइ आयोजनाको भौतिक प्रगति ७६.१५ प्रतिशत र वित्तीय प्रगति ७४.४० प्रतिशत रहेको छ। महाकाली सिंचाई आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति पनि ३५ प्रतिशत रहेको छ । त्यसैगरी, महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९२५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा २१.९० प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेट मध्ये ९.९७ प्रतिशत खर्च भएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १०:५६
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
