काठमाडौँ । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपाल र नेदरल्याण्डसबीचको पछिल्लो खेल ऐतिहासिक बनेको थियो । सो खेलको निर्णय तेस्रो सुपर ओभरमा भएको थियो । जुन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि भएको थिएन । सो खेल नेदरल्याण्डसले जितेको थियो ।
यस सिरिजमा नेदरल्याण्डस ३ खेलमा २ जित र एक हारसहित ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १४ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ८ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ । आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।
२० जुनसम्म हुने यो त्रिकोणात्मक टी-२० सिरिजमा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
